काठमाडौं, मंसिर २६ :

कम्बोडियासँगको सीमामा करिब एक हप्तादेखिको नयाँ झडपपछि थाइल्यान्डले संसद् विघटन गरेको छ ।  

अबको ४५ देखि ६० दिनभित्र आम निर्वाचन घोषणा गरिने समेत भएको छ। आज प्रकाशित गरिएको एक आदेशमा प्रधानमन्त्री आनुतिन चार्नभिराकुले घातक सीमा विवाद लगायत अन्य चुनौतीहरू उल्लेख गरेका छन् । उनले आफ्नो अल्पमतमा रहेको सरकार विगत तीन महिनादेखि परिस्थितिलाई नियन्त्रण गर्न संघर्षरत थियो।

उनले भनेका छन् “उचित समाधान भनेको संसद् विघटन गर्नु हो जुन जनतालाई राजनीतिक अधिकार फिर्ता दिने उपाय हो,” ।

व्यवसायी आनुतिन अगस्ट २०२३ यताका थाइल्यान्डका तेस्रो प्रधानमन्त्री हुन्। सेप्टेम्बरमा सत्तामा आउँदा उनले जनवरीको अन्त्यसम्म संसद् विघटन गर्ने बताएका थिए। तर अहिले आसन्न अविश्वास मतको सामना गर्दै,उनले निर्वाचनको मिति अगाडि सारेका छन्।

गत महिना दक्षिण थाइल्यान्डमा आएको भीषण बाढीको व्यवस्थापनमा समेत उनको आलोचना भएको थियो ।