
पाल्पा, मंसिर २६ :
पाल्पाको निस्दि गाँउपालिका मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्यालमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । ५ जना घाईते एक छन् ।
घाईतेहरुलाई उपचारका लागि पठाईएको छ । नवलपुरका लागि छुटेको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप ६ सय मिटर तल खोल्सामा खसेको बताईएको छ । घटनास्थल भिरालो भएकोले उद्धारमा कठिनाई भएको स्थानीयले बताएका छन् ।