
धनगढी, मंसिर २६ :
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । स्वास्थ्यमा समस्या भएपछि उनी शुक्रबार बिहान धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली गएका हुन् ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गर्दा पनि अवस्था सुधार नआएपछि उनी काठमाडौं आएका थिए । काठमाडौंमा पनि पूर्णरूपमा निको नभएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि नयाँ दिल्ली जाने निर्णय गरिएको उनको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शाहको दायाँ खुट्टा, रीडको हड्डी र नसा सम्बन्धी समस्या देखिएपछि केही दिनदेखि हिँडडुल गर्नसमेत कठिनाइ भएको सचिवालयले जनाएको छ ।