शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति भिडियो

निर्वाचनमार्फत नै अहिलेको अवस्थालाई निकास दिनुपर्छ : राष्ट्रपति पौडेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ मंसिर, २०८२ मा प्रकाशित
निर्वाचनमार्फत नै अहिलेको अवस्थालाई निकास दिनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौं, मंसिर २६ :

राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार शितल निवासमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको विकासका लागि तोकिएको समयमा निर्वाचन गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताए ।

विभिन्न दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने उनले बताए । उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रजातन्त्रका सेनानीहरूको खबरदारी र योगदानको आज पनि उत्तिकै खाँचो रहेको बताए ।

कार्यक्रममा सेनानी सङ्घका पदाधिकारीले बिभिन्न मागपत्र राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेलले माग पुरा गर्न आफुसंग कार्यकारी अधिकार नरहेपनि पहल गर्ने प्रतिबद्धता जनाए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार