पाल्पा, मंसिर २६ :

पूर्वी पाल्पाको निस्दी गाउँपालिका –४ चिउरीबासमा आज भएको जिप दुर्घटनामा ज्यान गुमाएर तीन जना मध्ये दुई जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा निस्दी ४, मित्याल बस्ने वर्ष ४५ की ओम कुमारी खाम्चा, नवलपरासी पुर्व विनयीत्रेवेणी २ घर भएकी वर्ष ३६ की हेम कुमारी सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु हुने अर्की एक महिला रहेको पहिचान खुलेको तर नाम थर र ठेगाना भने खुल्न नसकेको जिल्ला पहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । नवलपरासी पुर्व अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ गईरहेको  लु १ ज ३९०८ नम्वरको फोर्स जिप आज विहान १० बजेको समयमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनास्थलबाट  उद्धार गरिएका ८ जना घाईतेहरुको  मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ । यात्रु ओराल्ने क्रममा रोकी राखेके जिप एक्कासी अनियन्त्रीत भइ सडकबाट झण्डै ८ सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुशन्धानले देखाएको छ । दुर्घटनाको अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।