बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

नवनियुक्त भूमिमन्त्री भन्छन्- भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन समाधानको प्रयास गर्छु

बिचौलियालाई प्राथमिकता दिएकै कारण नागरिकले दु:ख पाए
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ मंसिर, २०८२ मा प्रकाशित
नवनियुक्त भूमिमन्त्री भन्छन्- भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन समाधानको प्रयास गर्छु
काठमाडौं, मंसिर २६ :

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नामले भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन रुपमा समाधानको प्रयास गर्ने बताएका छन् ।

शुक्रबार मन्त्री पदको सपथपछि सिंहदरबार पुगेर कार्यभार सम्हाल्दै मन्त्री इङ्नामले भूमिसम्बन्धी समस्या र भू उपयोगका लागि देखिएका समस्यालाई समाधानको प्रयास गर्ने बताएका हुन्।

बिचौलियालाई प्राथमिकता दिएका कारण नागरिकले दु:ख पाएको उनको भनाइ थियो । मन्त्री इङ्नामले बाँझो रहेका जमिनलाई उपयोग गर्नुपर्ने नीति ल्याउनुपर्ने धारणा राखे ।

नेताहरुले जनताको हितमा काम नगरेकाले जनताहरुले सधै समस्या भोग्नुपरेको उहाको भनाइ छ । मन्त्री इङ्नामले भूमि आयोगका नाममा आफूखुसी जग्गा बितरण गर्ने काम अव नदोहरिने भन्दै पीडित जनतालाई न्याय हुने गरी अघि बढ्ने स्पष्ट पारे । उनले आफ्नो छोटो कार्यकालमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी क्षेत्रलाई सही दिशा दिने प्रयास हुने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार