शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

देश जलाउने र बनाउनेबीच निर्णायक संघर्षको बेला आएको छ : ओली

एमाले खरानी र निषेधबाट उठ्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ मंसिर, २०८२ मा प्रकाशित
देश जलाउने र बनाउनेबीच निर्णायक संघर्षको बेला आएको छ : ओली
भक्तपुर, मंसिर २७ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानमाथि योजनाबद्ध आक्रमण भइरहेको दाबी गर्दै देश जलाउने र बनाउनेबीच निर्णायक संघर्षको बेला आएको बताएका छन्। 

भक्तपुरमा पार्टीको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र पार्टीको दृढता जनाउँदै लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी भएको बताए ।

ओलीले तीन महिनाअघि देशको स्थिति युद्धभूमि जस्तै भएको स्मरण गर्दै संविधान, लोकतन्त्र र राजनीतिक दलहरूलाई समाप्त पार्ने प्रयास गरिएको बताए। धुँवा, खरानी र निषेधका सबै प्रहार चिर्दै एमाले अगाडि बढिरहेको बताए ।

महाधिवेशनमा ओलीले पार्टीको आन्तरिक जीवन, वर्तमान सरकार र देशको राजनीतिक घटनाक्रमका बारेमा पनि चर्चा गरे। पार्टीको भविष्य र एकता प्रति उनले दृढ विश्वास व्यक्त गर्दै भने, ‘हाम्रो पार्टी अझै मजबुत छ र लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नेछ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार