काठमाडौं, मंसिर २८ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र दिउँसो ३ बजे सुरु हुने भएको छ। भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ।

केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बन्दसत्र ३ बजेका लागि सारिएको जानकारी दिए। बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले यसअघि विधान महाधिवेशनले गरेका केही निर्णयहरू उल्ट्याएको छ। बैठकले केन्द्रीय कमिटी सदस्यको संख्या बढाउने तथा स्थायी कमिटी कायम राख्ने गरी विधान संशोधन गर्ने निर्णय गरेको छ।

विधान संशोधन र नेतृत्व संरचनामा भएको परिवर्तनका कारण बन्दसत्रको कार्यसूची र समय व्यवस्थापनमा ढिलाइ भएको बताइएको छ।