काठमाडौं, मंसिर २८ :
नेकपा एमालेको ११ औं महाधिवेशन लम्बिने भएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, पुस १ गते दिउँसो ११ बजेबाट मतदान हुने जनाएकाले महाधिवेशन लम्बिने निश्चित भएको हो ।
यही मंसिर २७ गतेबाट सुरु भएको महाधिवेशन २९ गतेसम्मका लागि तय भएको थियो । सहमतिको प्रयास हुँदै गर्दा नेतृत्व चयन गर्न १ दिन थपिएको छ। यद्यपि नेताहरूले सहमतिको प्रयास भइरहेको बताएका छन् ।
नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी ओली मैदानमा उत्रिएका छन् । नेतृत्व गर्नैका लागि दुई कार्यकालको प्राब्धान सच्चाएका ओली सहमतिको नाममा सहजै मैदान छाड्ने अवस्था देखिदैन । बरु उनको पक्षमा माहोल बनेको देखिन्छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने