शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

एमालेको मतदानमा ढिलाई, राति ८ बज्न सक्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १ पुस, २०८२ मा प्रकाशित
एमालेको मतदानमा ढिलाई, राति ८ बज्न सक्छ
काठमाडौं, पुस १ :

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अझै मतदान सुरु हुन सकेको छैन । मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेकोमा समय धकेलिएर साँझ ४ बजेदेखि सुरु हुने भनिएको थियो तर, अझै समय लाग्ने प्राविधिक पक्षले जनाएको छ ।

हरेक उम्मेदवारको फोटोको कोडिङ गरेर ठिक्क पारेको अवस्थामा नाम तलमाथि परेकाले मिलाउँदा पुन: नयाँ कोडिङ गर्नु परेकाले ढिलाई भएको बताइएको छ । प्राविधिक लक्ष्मण रिमालले रातिको ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्ने बताएका छन् । 

यसअघिको १० औं महाधिवेशनमा जस्तै विद्युतीय मतदान गर्न लाग्दा प्राविधिक समस्या देखिएको हो । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल  प्यानलसहित प्रतिस्पर्धामा छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार