शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद भलिबल

काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि सुरु,उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

· बिहीबार, १८ साउन, २०८१ मा प्रकाशित
काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि सुरु,उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं, साउन १७ : काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा आज नेपाल र श्रीलंका भिड्दैछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल आज दिउँसो ३ बजे सुरु हुनेछ । 
सात दिन चल्ने प्रतियोगितामा नेपाल र श्रीलंका सहित इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन्। आज नै भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ। नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग खेल्नेछ। त्यस्तै, तेस्रो खेल साउन २० गते माल्दिभ्स र लिग चरणको अन्तिम खेल साउन २१ गते इरानसँग खेल्नेछ। 
प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ । राउन्ड रोबिन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार