पुस २ :


नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान गर्न नेता कार्यकर्ता लाइन लागेका छन् ।  

मतदान अहिले बिहान ८ बजेदेखि सुरु हुने बताइए पनि केही ढिलाइ भएको छ ।

यसअघि हिजो नै मतदान गर्ने कार्यतालिका रहे पनि  प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो । हिजो साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे आजको लागि  मतदान हुने भन्दै फर्काइएको थियो ।

हिजो बिहान १० बजेदेखि नै मतदानको समय तोकिएकोमा विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएको बताउदै मतदानको समय सर्दै सर्दै बेलुकी अबेर मात्रै आजको लागि सारिएको थियो  ।