काठमाडौं, पुस २ :

नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न ४० मिनेट लागेको छ ।

महासचिवका उम्मेदवार शंकर पोख्रेल र सुरेन्द्र पाण्डेले पनि मतदान गरे । उनीहरुलाई पनि त्यतिनै समय लागेको बताईएको छ । केही प्रतिनिधिले भने २५ मिनेटमा नै मतदान गरेका छन् ।

एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट भृकुटीमण्डपमा मतदान भईरहेको छ  ।

ओली र पोख्रेलले मतदानको सुरुवात गरेका थिए।

एमालेको नयाँ नेतृत्व चयनका लागि आज ई–भोटिङ मेसिनको प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिहरु  भोट खसाल्न लाइनमा बसेका छन् ।   उम्मेदवारहरु भने भोट माग्न व्यस्त छन् ।

नयाँ नेतृत्वका लागि ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । महाधिवेशनमा कूल २ हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् ।