
संवैधानिक हिन्दु राज्यको मागसहित पौष ९ देखि पुन:आन्दोलन थाल्ने घोषणा गरिएको छ । संवैधानिक हिन्दु राज्य स्थापना, प्रदेश संरचना खारेज तथा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको मागसहित पौष ९ गतेदेखि आन्दोलन गर्न लागिएको हो।
सार्वजनिक गरिएको पोस्टर तथा सूचनामा उक्त आन्दोलनलाई नेपाललाई फेरि महान बनाउनका लागि अन्तिम आन्दोलन नाम दिइएको छ। प्रदर्शन प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा हुने उल्लेख गरिएको छ । पोस्टरमा उल्लेख गरिएका मुख्य एजेन्डामा हिन्दू संवैधानिक राजसंस्था, प्रदेश संरचनाको अन्त्य तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली रहेका छन्।
यसैबीच, सरकारी तथा गैरसरकारी वेबसाइटहरूमा भएको साइबर आक्रमणलाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायहरूले प्राविधिक अनुसन्धान सुरु गरेका छन्।
सरकार तथा सुरक्षा निकायहरूले हालसम्म आन्दोलन घोषणाबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। तर, सम्भावित आन्दोलनलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको र सर्वसाधारणलाई आधिकारिक सूचनामाथि मात्र भरोसा गर्न आग्रह गरिएको छ।