
काठमाडौं, पुस २ :
निर्वाचन आयोगको असन्तुष्टिपछि प्रतिनिधिसभा निर्वाचनका लागि अर्थ मन्त्रालयले बजेट वृद्धि गरेको छ । निर्वाचन प्रयोजनका लाग मागेको अनुमानित बजेटमा व्यापक कटौती गरिएपछि आयोगले त्यसमा पुनरावलोकनका लागि पत्राचार गरेको थियो ।
जसअनुसार निर्वाचन प्रयोजनका लागि आयोगले ६ अर्ब ७३ करोड रूपैयाँ बजेट प्राप्त गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बजेट संशोधन भएर आएको जनाउँदै मितव्ययी तरिकाले निर्वाचन खर्च गर्ने बताए ।
यसअघि आयोगले निर्वाचनका लागि ७ अर्ब ८१ करोड बजेट माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गरेको थियो । मागिएको बजेटमा झन्डै ४० प्रतिशतले कटौती गरेपछि आयोगले अर्थ मन्त्रालयसँगअसन्तुष्टि जनाएको थियो । विनियोजित बजेटलाई ७७ वटा जिल्ला निर्वाचन कार्यालय पठाइने आयोगले जनाएको छ ।