
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्ने बताएका छन् ।
बिहीबार ललितपुरमा गोरखापत्र संस्थानको आयोजनामा भएको आर्थिकसम्बन्धी सम्वाद कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अर्थमन्त्रको बिकास नभइ देशको विकास हुन नसक्ने भएकाले आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्ने बताएका हुन् ।
यादवले बैङ्क तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न पनि सरकार र निजी क्षेत्रबीच सहकार्य र आपसी विश्वास आवश्यक रहेको धारणा व्यक्त गरे।
वर्तमान अन्तरिम सरकारलाई तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुका साथै आर्थिक विकासका कामलाई पनि संगसंगै अघि बढाउनु चुनौतिको काम रहेको उनले बताए । जलश्रोत, कृषि र पर्यटन लगाएतका क्षेत्रमा लगानी बढाएमा आर्थिक विकासले गति लिने उनको भनाइ छ ।
उनले पारदर्शीता, सुशासन भ्रष्टाचार मुक्त समाज, सरल सार्वजनिक सेवा र देशभित्र रोजगारीको मागसहित उठेको जेनजी आन्दोलनपनि सवैसँग बहस र छलफल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।