नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टीको महाधिवेशन आगामी यात्राका लागि नयाँ प्रस्थानबिन्दु हुने बताएका छन् । बिहीबार जनकपुरधाममा सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले पार्टीलाई आगामी दिनमा बलियो रुपमा अघि बढाउन पार्टीको महाधिवेशन नयाँ प्रस्थानबिन्दु हुने बताए ।
उनले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै जनताको फ्रेस म्यान्डेड निर्वाचनमा होमिनुपर्ने बताए । त्यसका लागि पार्टीको नीतिमा पुनरावलोकन र संरचनामा सुधार गर्न विधान संशोधनको आवश्यकता रहेको उनले बताए।
उनले समयमा नै महाधिवेशन र निर्वाचनका निम्ती सवैले दबाब दिनुपर्ने धारणा राखे । त्यस्तै नेता घिमिरेले आगामी दिनमा कांग्रेसका तर्फबाटको प्रधानमन्त्री मधेशबाटै बनाउने संकल्प लिएको बताए ।
मधेसका जनतामाथि भएको विभेदलाई अन्त्य गर्न सरकारको नेतृत्वमा कांग्रेस नै हुनुपर्ने उनको भनाइ छ । उनले अन्य दलहरुले मधेशको नाममा राजनीति मात्र गरेको तर समस्या समाधानमा भने ध्यान दिन नसकेको बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने