काठमाडौं, पुस ३ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवल इजलासले आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले बिहीबार उक्त आदेश गरेको हो ।

अदालतले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गरेको छ ।  धरौटी माग गरेको रकम बुझाएर उनी थुनामुक्त हुने तयारीमा छन् । रवि अहिले नख्खु कारागारमा छन् । बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी उनले निवेदन दिएका थिए ।