आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार प्रदेश बागमती प्रदेश कृषि

कागेश्वरी मनोहरालाई सिताके च्याउ खेतीको ‘हब’ बनाइँदै

च्याउ खेती गर्ने सहकारी तथा कृषि फर्महरूलाई ५० प्रतिशत अनुदान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ पुस, २०८२ मा प्रकाशित
कागेश्वरी मनोहरालाई सिताके च्याउ खेतीको ‘हब’ बनाइँदै
काठमाडौं, पुस ४ :

कागेश्वरी मनोहरा नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’लाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । नगरपालिकालाई सिताके च्याउ खेतीको केन्द्र (हब) बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यो कार्यक्रम प्रभावकारी बन्दै गएपछि निरन्तरता दिइएको हो ।

नगर प्रमुख उपेन्द्र कार्कीको पहलमा गत आर्थिक वर्षदेखि सुरु गरिएको ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ अन्तर्गत नगर क्षेत्रमा सिताके च्याउ खेती विस्तार गरिँदै आएको छ । नगरलाई च्याउ उत्पादनमा आत्मनिर्भर बनाउने र स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा ५ वटा कृषि सहकारीमार्फत सञ्चालन गरिएको सिताके च्याउ खेतीलाई यस वर्ष २० वटा सहकारी तथा कृषि फर्मसम्म विस्तार गर्ने नगरपालिकाको लक्ष्य छ ।

यसैक्रममा बिहीबार नगरपालिकाको सहकारी तथा उद्यम विकास शाखाले सूचना जारी गर्दै नगरपालिका भित्र रहेका सहकारी संस्था तथा इच्छुक कृषि फर्महरूलाई आवश्यक कागजातसहित १५ दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

सहकारी तथा उद्यम विकास शाखा प्रमुख विश्वास ज्ञावालीका अनुसार इच्छुक सहकारी संस्था तथा कृषि फर्महरूले आवेदनसँगै सञ्चालक समितिको निर्णय, आर्थिक प्रस्ताव तथा कृषि फर्म दर्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

नगरपालिकाले सिताके च्याउ खेतीका लागि सहकारी तथा कृषि फर्महरूलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा नव कान्तिभैरव बहुउद्देश्यीय सहकारी, गणनायक कृषि सहकारी, करेसाबारी कृषि सहकारी, मिलिजुली दिदीबहिनी कृषि सहकारी र सिहंदेवी कृषि सहकारी संस्थाले नगरपालिकाको ५० प्रतिशत अनुदानमा सिताके च्याउ खेती सुरु गरेका थिए । हाल ती सहकारीहरूले व्यावसायिक रूपमा सिताके च्याउ उत्पादन सुरु गरिसकेका छन् ।

नगरपालिकाले आगामी दिनमा उत्पादन, बजारीकरण तथा सीप विकासका कार्यक्रमलाई समेत समेट्दै सिताके च्याउ खेतीलाई नगरको पहिचानका रूपमा स्थापित गर्ने योजना बनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार