पुस ५ :

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्दैछन्। 

अहिले बिहान ९ बजे छलफलका लागि उनले आफ्नै निवासमा धुम्बाराहीमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ,महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाएका छन् ।  

प्रतिनिधिसभाको निर्वाचन महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समिति लगायतका विषयमा छलफल हुने बताइएको छ । 

क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि हालसम्म विधान मस्यौदा समिति बन्न सकेको छैन । कांग्रेसले यही पुस १६ वडा अधिवशेन गरेर २६ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाइसकेको छ ।


महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको नेताहरुले गुनासो गरिरहँदा सभापतिले त्यस बारेमा समेत नेताहरुबाट जानकारी लिने बताइएको छ ।