
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको कमिटीलाई बधाई दिएकी छन् ।
पूर्व राष्ट्रपति भण्डारीले बधाई सन्देशमा प्रतिस्पर्धाबाट नेतृत्व चयनले जनताको बहुदलीय जनतालाई जीवन्त बनाएको बताएकी छन् ।
सन्देशमा भनिएको छ यस महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु ।
भण्डारीले महाधिवेशनमा विचार, निष्ठा र पद्धति प्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी भएका सम्पूर्ण नेता तथा कार्यकर्तालाई धन्यवाद दिएकी छन् ।
उनले लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया भन्दै यसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँने समेत उल्लेख गरेकी छन् ।