काठमाडौं, पुस ५ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाण्डौं फर्कदैछन् ।

चितवनको भरतपुर चौबीस कोटीमा आयोजित कार्यक्रम पछि उनी काठमाण्डौं फर्कने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

काठमाडौँ आएर आजै जेन जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रम रहेको छ।

भोलि दिउँसो ३ बजे लामिछानेलाइ पार्टी केन्द्रीय कार्यालय वनस्थली स्थित घण्टी घरमा स्वागत गर्ने कार्यक्रम रहेको छ।