काठमाडौं, पुस ६ :

मधेस प्रदेश सभाको सभामुख चयनका लागि आज निर्वाचन हुदैछ ।

दिउँसो १ बजे प्रदेशसभा बैठकमा सभामुखबो निर्वाचनको कार्यतालिका रहेको छ । मधेस प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । हिजो मधेश प्रदेश सभामा सातदलीय गठबन्धनबाट जसपा नेपालका रामअशिष यादवको उम्मेदवारी परेको छ भने नेकपा एमालेले त्रिलोकी प्रसादलाई उम्मेदवार बनाएको छ ।

यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्।

त्रिलोकी समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा रहेका छन् ।

पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले दुई तिहाइबाट यसअघिका सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ गते हटाएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढेको हो ।