पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन् ।
जेनजी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो ।पूर्वप्रधानमन्त्री डा भट्टराई भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेट गर्ने उद्देश्यले आज भारत जान लागेका हुन्।
स्वकीय सचिव रेखी गुरुङले जारी गरेको प्रेस नोटमा लेखिए अनुसार भट्टराईले आईआईटी बम्बैमा आयोजित टेक फेस्टमा र नयाँदिल्लीमा इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्नेछन् ।
उनी पुस ९ गते नेपाल फर्किनेछन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।