शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल #यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल
समाचार राजनीति

ईश्वर पोखरेल पक्षले छुट्टै भेला गरेकोप्रति प्रदीप ज्ञवालीको असन्तुष्टी

· सोमबार, ७ पुस, २०८२ मा प्रकाशित
ईश्वर पोखरेल पक्षले छुट्टै भेला गरेकोप्रति प्रदीप ज्ञवालीको असन्तुष्टी
काठमाडौं, पुस ७ :

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टीको महाधिवेशन सम्पन्न भएलगत्तै ईश्वर पोखरेल पक्षले छुट्टै भेला गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले महाधिवेशनपछिका केही दृश्यले ‘आँखा बिझाएको’ टिप्पणी गरेका हुन् ।

नेता ज्ञवालीले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको स्मरण गराउँदै त्यसको फैसलालाई अन्तिम नमान्ने हो भने पार्टी ‘अन्त्यहीन बहस क्लब’ मा रूपान्तरित हुने चेतावनी दिएका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वराष्ट्रपतिको भनाइमा उदेक लाग्यो, आफैँ उभिएको धरातलप्रति विश्वास किन डगमगायो ?’ यस्तै, उनले पार्टीको अनुमोदित नेतृत्वलाई छुट्टै भेला गरेर चुनौती दिने कार्यको पनि विरोध गरेका छन् । उनले तीन महिनामा तंग्रिएको एमालेको विरासतलाई पनि लोकतन्त्र बहालीमा लगाउनु पर्नेमा पुरानै मुद्दामा जानु अनुचित हुने बताएका छन् । उनलेलेखेका छन्, ‘हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै ‘ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ । यसो हुनुहुँदैन ।

एकवर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो–केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न । महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ ।

अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिदैँन ।

तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर्याएका छौँ । तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ ।

अब हाम्रो समग्र ऊर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ? पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैँ उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ? उनले लेखेका छन् ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार