काठमाडौं, पुस ७ :

आज बिहान ११ बजे माइतीघरमा गर्न लागेको विरोध प्रदर्शनका लागि जेनजी समूहले अनुमति  पाएनन् ।

मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको हो  । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा जेनजी समुह पुगेको थियो । 

जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि अनुमति नदिने प्रशासनले बताएको छ ।

‘आन्दोलनको अनुमति दिनुपर्ने भन्दै फरक–फरक पत्र विभिन्न समुहले बुझाएको बताईएको छ ।  प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन ।

ढुङ्गाना समूहले हिजो आन्दोलन घोषणा गरेर आज प्रदर्शनका लागि अनुमतिका लिन प्रशासनमा पुगेको थियो ।

ढुङ्गानाले गरी खान देऊ अभियानको नेतृत्व गर्दै आएका छन् ।