
काठमाडौं, पुस ८ :
नेकपा एमालेले आज सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ ।
पार्टीका महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमद्वारा पार्टीको ठुलो समूहलाई एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन् । दिउसो २ बजे पार्टी कार्यालयबाट महासचिवले सम्बोधन गर्ने तय गरिएको छ ।
जिल्ला कमिटीमा पदाधिकारी देखि सचिवालय सदस्य सम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन जुम आइडी पठाइसकिएको सो पार्टीले जनाएको छ ।
महाधिवेशनले चुनेको नेतृत्व,यसको कार्यभार,वर्तमान राजनीतिक अवस्था आदिका बारेमा महासचिवले प्रस्ट पार्ने बताइएको छ ।