काठमाडौं, पुस ९ :

जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।

गत साता भारतमा उपचार गराएर फर्किनुभएकी  चित्रकारलाई भेट्न संयोजक दाहाल र सहसंयोजक नेपाल आज बिहान डल्लुस्थित खनाल निवास पुगेका हुन् ।  

उनको स्वास्थ्य अवस्था जोखिमुक्त रहेको र उपचार जारी रहेको  जानकारी पूर्वप्रम  खनालले दिनुभएको संयोजक दाहालको निजी सचिवालयले जनाएको छ ।

जेन्जी आन्दोलनमा चित्रकार घाईते भएकी हुन् ।