
पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगमा उपस्थित भई बयान दिनु उपयुक्त हुने नेपाली कांग्रेसका नेताहरूले सुझाव दिएका छन्।
बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरूले आयोगमा गएर बयान दिनु राम्रो हुने धारणा राखेका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले भने, ‘आजको बैठकमा निवर्तमान गृहमन्त्रीलाई बयान दिन जानुपर्ने विषय उठ्यो। सुझाव दिने साथीहरूले बयान दिन जानु राम्रो हुने बताउनुभयो।’ बैठकमा आयोगले लेखकलाई बयानका लागि पत्र पठाएको विषयमा छलफल भएको थियो।
जाँचबुझ आयोगले मंगलबार पूर्वगृहमन्त्री लेखकलाई ७ दिनको म्याद राखेर बयानका लागि बोलाएको भए पनि उनले बयान दिन जाने वा नजाने विषयमा अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।