काठमाडौं, पुस ९ :

राप्रपा र राप्रपा नेपालबीच पुस १६ गते पार्टी एकता घोषणा सभा हुने भएको छ ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा, नेपालका अध्यक्ष कमल थापाबीच आज पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर भएको छ। राप्रपा पार्टी कार्यालय धुम्बराहीमा दुई नेताबीच सहमतिपत्रमा हस्ताक्षर भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

जसअनुसार पुस १६ गते एकता सभा गर्ने सहमति भएको छ । एकतापछि लिङ्देन नै अध्यक्ष बन्ने छन् भने थापालाई पूर्वअध्यक्षको हैसियत दिइने छ। दुई नेताबीच भएको सहमति अुसार पार्टीको नाम, झण्डा र चुनाव चिह्न राप्रपाकै हुने छ।  राप्रपा अध्यक्षमा लिङ्देनले जितेपछि थापाले पार्टी छोडेका थिए ।