
काठमाडौं, पुस १० :
विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा क्रिकेट खेलाडी मिनास थापाको मृत्यु भएको छ ।
२७ वर्षीय थापाको आज बिहान भएको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोक जाँदै गर्दा थापाले चलाएको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
आज बिहान करिब पौने १ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका निम्ति कोसी अस्पताल लगिएकोमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको हो ।
थापा कोशी प्रदेशबाट क्रिकेट खेल्दै आएका थिए ।