
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वान टू वान(एक्लाएक्लै) वार्ता सुरु भएको छ ।
कुपण्डोलस्थित बालेन समूहका सहयोगी कुमार बेनको घरमा दुई नेताबीच वार्ता भइरहेको हो । यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो समय छलफल चलेको थियो । उनीहरुबीच सरकारको नेतृत्व गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो।त्यसै विषयमा केन्द्रित रहेर दुई नेताबीच छलफल चलेको नेताहरूले बताएका छन् ।
रविसँगै रास्वपाका नेताहरु असिम शाह, गणेश कार्की पनि त्यहाँ पुगेका छन् । तर उनीहरु छलफलमा सहभागी छैनन् । वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल, हामी नेपाल नामको एनजीओका अध्यक्ष सुदन गुरुङ पनि त्यहाँ पुगेका छन् ।
यसअघि सोही ठाउँमा बालेन र कांग्रेस नेता सुनील शर्माबीच छलफल भएको थियो । बालेनले आजै बिहान पनि ऊर्जामन्त्री कुलमान घिसिङलाई भेटेका थिए । वैकल्पिक शक्ति निर्माणका लागि आज बिहानैदेखि नयाँ राजनीतिक दलहरुबीच भेटघाट र छलफल तीव्र बनेको छ ।