काठमाडौं, पुस १० :

उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचन नयाँ शक्तिहरुको प्रस्थानबिन्दु हुनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार उज्यालो घर, केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा घिसिङले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचन नयाँ शक्तिहरुको प्रस्थानबिन्दु हुनुपर्ने बताएका हुन् ।

नेपालको समृद्धि र सुशासनको लागि युवा अगाडि बढ्नुपर्ने भन्दै उनले नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्ने सुझावहरु आएको जानकारी दिए । घिसिङले नयाँ शक्तिहरुको टिम बनाएर नै निर्वाचनमा होमिने संकेत समेत गरे।

सम्पूर्ण नयाँ शक्ति, नेपाल व्यक्तित्व, समूह, पार्टीहरु एक भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए। उनले निर्वाचनबाट देशको परिवर्तन गर्ने र देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउन उज्यालो पार्टीले नेतृत्व लिने बताए ।