काठमाडौं, पुस १० :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने घोषणा गरेका छन् ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् ।

लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेको बताए । गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिए,’ उनले भने, ‘ यो पटक देशव्यापी पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु।’ 

तर उनले आफूलाई सर्वसम्मत सिफारिस गरेकोमा पार्टीलाई धन्यवाद दिए । पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो ।