काठमाडौं, पुस १२ :

नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आइतबार बस्ने भएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न लागेको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने उनले बताए । “समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाँकिएको छ”, सचिव डा भट्टराईले भने ।

बैठक ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।

पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।