शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार राजनीति

काँग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जन गर्ने

यसअघिको कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागिएको भनाइ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १२ पुस, २०८२ मा प्रकाशित
काँग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जन गर्ने
काठमाडौं, पुस १२ :

नेपाली काँग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जन गर्ने भएको छ ।

केहिदिन देखि जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागेको हो ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पनि सदस्यहरुले तोकिएको समयमा नै महाधिवेशन हुने गरि व्यहारिक कार्यतालिका बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागिएको जानकारी दिए ।

पुस ८ गतेभित्र क्रियाशिल सदस्यताको बिषय टुङ्गीन नसकेको अवस्थामा अरु कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने बिषयमा बैठक केन्द्रीत रहेको उनले बताए ।

उनले वडादेखि केन्द्रसम्म नीति र नेतृत्व रुपान्तरण गरेर अघि बढ्नुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहेको जिकिर गरे।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार