शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति प्रदेश गण्डकी प्रदेश

सम्मानजनक सहकार्यका लागि सबै वैकल्पिक शक्तिसँग तयार छौं : कुलमान घिसिङ

उनले नयाँ र स्थापित (मेनस्ट्रिम) राजनीतिक शक्तिहरूलाई समेत सहकार्यका लागि आह्वान गरे।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १३ पुस, २०८२ मा प्रकाशित
सम्मानजनक सहकार्यका लागि सबै वैकल्पिक शक्तिसँग तयार छौं : कुलमान घिसिङ
फाइल तस्बिर ।
कास्की, पुस १३ :

उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङले सबै वैकल्पिक राजनीतिक शक्तिहरूसँग सम्मानजनक ढंगले सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताएका छन्।

आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले सहकार्य गर्दा सबै पक्षको आत्मसम्मान, स्वाभिमान र पहिचान कायम हुनुपर्नेमा जोड दिए।वैकल्पिक शक्तिहरूसँग सहकार्यका विषयमा निरन्तर संवाद भइरहेको जानकारी दिँदै घिसिङले सकेसम्म सबै एक भएर जानुपर्ने धारणा राखे।

‘वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ। यदि पूर्ण एकता सम्भव भएन भने पनि कार्यगत एकता गरेर अगाडि बढ्ने अवस्थामा हामी छौँ,’ उनले बताए।

यसका लागि उनले नयाँ र स्थापित (मेनस्ट्रिम) राजनीतिक शक्तिहरूलाई समेत सहकार्यका लागि आह्वान गरे। उनले नेपाली जनताले पनि वैकल्पिक शक्तिहरू एकजुट भएको देख्न चाहेको उल्लेख गरे।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच आइतबार बिहान सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको छ। उक्त सहमतिका लागि गत एक सातादेखि भएका विभिन्न छलफलमा घिसिङ पनि सहभागी थिए। तर अन्तिम चरणमा भने घिसिङको सहभागिताबिना नै लामिछाने र शाहबीच सहमति भएको बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार