
काठमाडौं, पुस १३ :
जेनजी प्रतिनिधि तथा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगमा आइतबार बयान दिएका छन्।
गुरुङले ‘हामी नेपाल’सँग सम्बन्धित हालसम्मका सबै आर्थिक कारोबारका कागजातसहित आयोगमा उपस्थित भई बयान दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
उनले आफूमाथि लगाइएका आरोपको सत्यतथ्य प्रमाणका आधारमा स्पष्ट पार्ने प्रक्रियामा आफू स्वयं अघि बढेको उल्लेख गरेका छन्। छानबिनबाट सत्य उजागर हुने विश्वास व्यक्त गर्दै उनले आरोपभन्दा प्रमाण बोल्ने बताएका छन्।
यसैबीच पूर्वगृहमन्त्री रमेश लेखक बयान दिन भोलि आयोग जाँदैछन् ।