शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार

म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका रोकायलाई

· सोमबार, १४ पुस, २०८२ मा प्रकाशित
म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका रोकायलाई
गोरखा, पुस १४ :

गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जितेका छन्।

गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले १२ औँ गोरखा महोत्सवको अवसरमा आज आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गरेर उपाधि हात पारेका हुन् ।

गोरखा नगरपालिका–५, स्थित ऐतिहासिक पस्लाङ चौताराबाट सुरु भएको दौड हनुमान भञ्ज्याङ हुँदै गोरखा दरबार परिसरमा समापन भएको थियो । प्रतियोगितामा नेपाली सेनाकै गणेश रावलले ३० मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भएको सङ्घका अध्यक्ष भगवान् बाबु मास्केले जानकारी दिए । 

त्यस्तै त्रिभुवन आर्मी क्लबका अर्का धावक टङ्कबहादुर कार्कीले निर्धारित दूरी ३० मिनेट ५९ सेकेण्डमा पूरा गरेर प्रतियोगिता तेस्रो भएका छन् । प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगीले सान्त्वना स्थान प्राप्त गरेका छन् । उनले निर्धारित दूरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गरेका छन् ।

त्यस्तै सशस्त्र प्रहरी वलकी धाविका आष्मा बिकले निर्धारित दूरी ४२ मिनेट १० सेकेन्डमा पूरा गरेर सान्त्वना स्थान हासिल गरेका । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १० हजार र सान्त्वनालाई रु ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार