
काठमाडौं, पुस १४ :
प्रतिनिधिसभा चुनावअन्तर्गत अहिलेसम्म ४ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।
पहिलो दिन आइतबार ३ दल र आज थप एक दलले बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनप्रिय लोकतान्त्रिक पार्टी र थारु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बन्दसूची पेश गरेका थिए । बन्दसूची पेश गर्ने समय सीमा आजसम्म मात्र हो ।
साँझ ४ बजेसम्म आयोग परिसरभित्र प्रवेश गरिसकेका दलले प्रक्रिया पूरा नहुन्जेलसम्म बन्दसूची पेश गर्न पाउनेछन् ।
समानुपातिक निर्वाचनका लागि १ सय दलले ९३ निर्वाचन चिन्हमा भाग लिन आयोगमा दल दर्ता गराएका छन् ।