काठमाडौं, पुस १४ :

उज्यालो नेपाल पार्टीका नेताहरू निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन पुगेका छन् ।

पार्टीका संरक्षक कुलमान घिसिङ एकताको अन्तिम प्रयास स्वरुप रास्वपा सभापति रवि लामिछाने र बालेनसँग छलफलमा जुटिरहँदा सो पार्टीका नेताहरु भने बन्दसूची बुझाउन आयोग पुगेका हुन् ।

सहमति भएन भने समय गुज्रिन्छ भन्दै सो पार्टीका नेताहरु ११० जनाको नाम पेस गर्न आयोग पुगेका हुन् । समानुपातिकको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।