काठमाडौं, पुस १५ :

सुनचाँदीको भाउ मंगलबार ह्वात्तै घटेको छ ।  दैनिक बढिरहेको सुनको भाउ मंगलबार तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३ सय ५ रुपैयाँ घटेको छ । भाउ घटेसँगै चाँदी ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ ।