सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत #निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत
समाचार राजनीति

जेनजी आन्दोलनमा लुटिएका धेरै हतियार फिर्ता आइसके : आईजीपी कार्की

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १५ पुस, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा लुटिएका धेरै हतियार फिर्ता आइसके : आईजीपी कार्की
काठमाडौं, पुस १५ :

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता आइसकेको बताएका छन् ।

मंगलबार काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका थौरै हतियारमात्रै फिर्ता आउन बाँकी रहेको र धेरै हतियार फिर्ता भइसकेको बताएका हुन्। उनले विभिन्न अवस्थामा आफ्ना असन्तुष्टिहरूलाई ढुङ्गामुढा गरेर प्रस्तुत गर्ने अभ्यासलाई सुधार गर्न जरुरी रहेको बताए।

कार्कीले नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिकको भावना अनुसारको काम गर्ने आफ्नो अभ्यासमा पनि विकास गर्न निर्देशन दिए । सभ्य समाज निर्माण गर्न नागरिक, प्रहरी लगाएत सवैबीच सहकार्य हुन जरुरी रहेको उनको भनाइ छ ।

जनेजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिएको हो । स्थानीय लगाएत सरोकारवालाले समिति बनाएर भवन पुनःनिर्माण गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार