
सुर्खेत, पुस १६ :
सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्।
वीरेन्द्रनगर नगरपालिका–४ को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । शव केही मिटरको दुरीमा रहेको थियो । त्यसैले घटना निकै शंकास्पद देखिन्छ ।
आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखे लगत्तै प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
सहिद पार्क सुर्खेतको प्रमुख पर्यटकीय स्थल हो ।