
काठमाडौं, पुस १६ :
राप्रपामा फर्किएका नेता कमल थापाले दुई पार्टीबीच एकता भनिएपनि पुनर्मिलन जस्तै भएको बताए। आफूले पनि रगतपसिना बगाएर बनाएको घर फर्किदाको जस्तो अनुभूति आफूलाई भएको उनले बताए । उनले पार्टीका मुद्दा स्थापीत गर्न आन्दोलन बाहेकको अरु कुनै विकल्प नरहेको धारणा राखे ।
दुईपार्टीबीच एकताको आधारपत्रमा २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरुलाई तत् तत् जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिने सहमति भएको छ भने राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरुलाई राप्रपाको सम्बन्धीत भातृसंगठनहरुमा सम्मानजनक ढंगले समायोजन गर्ने सहमति भएको छ । चारबर्षअघि भएको महाधिवेशनमा राप्रपाको अध्यक्ष पदमा लिङ्देनसंग पराजित भएपछि थापाले पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थिए।