सुनसरी, पुस १७ :

सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

अहिले अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका जय साहको मृत्यु भएको हो ।

उक्त घटना गए राति भएको हो । गोली प्रहार गर्नेको खोजी जारी छ । घटनास्थलबाट गोलीका खोका बरामद भएका छन् ।