धनुषा, पुस १७ :
पाँच महिनादेखि तलब नपाएपछि कमला नगरपालिकामा रहेका मदरसा र सामुदायिक विद्यालयका शिक्षकहरु धर्नामा बसेका छन् । पुस १ गतेदेखि विद्यालय बन्द गर्दै शिक्षकहरु धर्नामा बसेका हुन् ।
नगरपालिकामा जनप्रतिनिधिहरूबीचको आन्तरिक विवादका कारण चालू आर्थिक वर्षको बजेट पारित हुन नसक्दा साढे पाँच महिनादेखि नगरपालिका क्षेत्रका मदरसा र सामुदायिक विद्यालय गरी कुल १८ विद्यालयमा कार्यरत शिक्षकहरूले तलब पाएका छैनन् । विद्यालय बन्द हुँदा ६ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ भने अभिभावकहरू समेत चिन्तित देखिएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार चालू आर्थिक वर्षको असार १० गतेभित्रै नगरसभा सम्पन्न हुनुपर्ने कानुनी व्यवस्था भए पनि कमलामा अहिलेसम्म नगरसभा नबोलाइँदा चालू आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ