बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

ओलीलाई बयानका लागि पत्र काट्ने तयारी भइरहेको छ : अध्यक्ष कार्की

नआए त्यतिबेलै कुरा हुन्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १७ पुस, २०८२ मा प्रकाशित
ओलीलाई बयानका लागि पत्र काट्ने तयारी भइरहेको छ : अध्यक्ष कार्की
काठमाडौं, पुस १७ :

भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसंगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको बिषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताए । 

आयोगले बोलाउदा ओली उपस्थित नभए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले ‘भोलीको कुरा भोली नै हुने’ बताए । त्यस्तै उहाले पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकिसकेको पनि जानकारी दिए । .

कार्कीले पछिल्लो समय थप गरिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने बताए  । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार