काठमाडौं, पुस १८ :

समानुपातिकको बन्दसूचीलाई लिएर राप्रपामा पनि विवाद देखिएको छ ।

पार्टी प्रवक्ता ज्ञानबहादुर शाहीले अध्यक्ष राजेन्द्र लिङ्देन र उपाध्यक्ष बुद्धिमान तामाङले आफू निकट र परिवारका सदस्यलाई समानुपातिक बन्दसूचीको शीर्षस्थानमा राखेको भन्दै असन्तुष्टि जनाएका छन् । 

पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले श्रीमतीलाई आदिवासी जनजाती क्लस्टरको पहिलो नम्बरमा सिफारिस गरेको जनाउँदै प्रवक्ता शाहीले त्यसलाई सच्याउन माग गरेका छन् । 

अहिलेसम्म एक भोट पनि राप्रपालाई नदिएकी  खुश्बु ओली खसआर्य महिला क्लस्टरको पहिलो नम्बरमा राखेकोमा पनि विरोध जनाएका छन् ।कार्यसम्पादन समितिबाट एकमतले पारित भएको बन्दसूचीलाई लिएर शाहीले अहिले आएर विरोध जनाउनुको अर्थ बुझ्न सकिएको छैन। उनले संविधानले दिएको मौलिक हकको सदुपयोग गरेको हुन सक्ने पार्टी नेताहरु बताउँछन् ।