सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा #मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा
राजनीति

चुनावपछि महाधिवेशन गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

नयाँ नेतृत्व चयन गरेर मात्रै चुनावमा जानुपर्ने महामन्त्रीद्वयको अडान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १८ पुस, २०८२ मा प्रकाशित
चुनावपछि महाधिवेशन गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव
काठमाडौं, पुस १८ :

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा खड्काले चुनावपछि महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका हुन्।

खड्काले पेस गरेको कार्यतालिकाअनुसार २०८३ साल वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। तर, उनको प्रस्तावप्रति पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहमत देखिएका छैनन्। महामन्त्रीद्वयले नयाँ नेतृत्व चयन गरेर मात्रै चुनावमा जानुपर्ने अडान राख्दै आएका छन्।

महामन्त्रीद्वयले यसअघि २७ देखि २९ पुससम्म विशेष महाधिवेशन बोलाउने तयारी थालेपछि कांग्रेसभित्र गुटगत विवाद थप चुलिएको छ। उनीहरूको दबाबपछि पार्टीले २६ देखि २९ पुससम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

नियमित महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वयले विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्। तर, संस्थापन समूह विशेष महाधिवेशनको पक्षमा देखिएको छैन।

महाधिवेशनको मिति र प्रकृतिलाई लिएर कांग्रेसभित्र देखिएको यो मतभेदले पार्टीको आन्तरिक राजनीति थप जटिल बन्दै गएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार